गजल मुशायराको तयारी पूरा

11989313_10152658844519364_1072946877_o

सिड्नी । सिड्नीमा आयोजना गरीएको ‘गजल मुशायरा’ कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक हरूका अनुसार सो गजल कार्यक्रमका लागि आवश्यक तयारी तथा ब्यवस्थापन पुरा भएको छ । कार्यक्रममा १७ भन्दा वढि गजल वाचन हुने तयारी भएको बताईएको छ । नेपाली गजलका पिता मोतिराम भट्टको जन्म जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,नेपाली कला संन्स्कृती तथा साहित्य प्रतिस्ठान , साताको साहित्य र रचना  वाचन समुह  ले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सिड्नीका स्थापित गजलकार तथा नव प्रतिभाहरूको गजलहरू वाचन एवम् गायन र आकर्षक गजल नृत्यहरु समेत समेटिने आयोजकले जानकारी दिएको छ । प्रवेश निःशुल्क रहने उक्त कार्यक्रमलाई चुस्त दुरुस्त एवं मनोरञ्जनात्मक बनाई राख्न गजल गायन, वाचन र नृत्य बाहेक अन्य औपचारिकता कुनै समाविष्ट नभएको पनि आयोजकले प्रष्ट पारेको छ । कार्यक्रम ५ सेप्टेम्बर शनिबारका दिन दिउँसो एक बजे एसफिल्ड पोलिश क्लव ७३–७५ नोर्टोन स्ट्रिटमा आयोजना हुने जनाईेको छ ।

सम्बन्धित शिर्षकहरु