गजल,

Map of Nepal.nj

 

 

 
जति गजल लेखिन्छ मिठास जो सभ्यता हो
हामी स्रष्टा सर्जक आजको आवश्यकता हो
आर्थिक – सामाजिक अनि प्रेम मिलन विछोड
जहाँ व्यङ्ग , श्रृङ्गार रस , गजल छुट्टै मजा हो
गजल वाढी आएकै हो मेचीदेखि महाकालीसम्मै
चौतर्फी गजलकारको शिर्जनशील नशा हो
पहिलो उत्सुकता हो , गजल भनेको के हो ?
गजलको प्रमुख अङ्ग काफिया , मतला , मकताः हो
यो तपोवन भुमिमा हिजो लोप भैसकेको
गजल लेखन थालनी , ‘माली’ देखिको प्रथा हो ।
– © मानन्धर अभागी ।

सम्बन्धित शिर्षकहरु