‘म सम्झन्छु तिमीलाई सँधैभरि’

-रचनाकार महेश्वर शर्मा,

खै के भनु म लेख्छु सम्झन्छु र कोर्छु
स्मृतिका पानाभरी केवल सम्झनाका लागि मात्र।

तिम्रा मानसपटलमा फक्रिएका
ति साहित्य रूपी फूलहरू छताछुल्ल
भई पोखिई दिँदा तिमी भानु भई जगमगाएछौ।
सोध्ने गर्छु जुन तारा अनि आकाशलाई तिमी
क्षितिज पारी अस्ताउँदा ति घाम सँग लुकामारी
खेल्दा तिम्रै स्मृतिमा देश रुन्छ चिच्याउँछ र बाँच्नुको
विकल्प खोज्छ र सम्झन्छ तिमीलाई सँधैभरि!

हो म बाँच्न चाहन्छु म यो धर्तिमा
बाँच्न चाहन्छु ति स्व्च्छन्द आकाश
धित मर्ने गरी हेर्न चाहन्छु
मेरो प्यारो सगरमाथा सँधै हेर्न चाहन्छु
बुदॄका उपदेश विश्व भर फैलाउन चाहन्छु।
देश रोएको बेला देश व्याकुल भएको बेला
म कसरि हाँसु तिमी क्षितिज पारी ति घाम सँगै
लुकीमारी खेल्दा मात्र हेर्न सक्छु र सम्झन्छु
तिमीलाई सँधैभरि

म कसरि लेखुँ मेरो धरहरा मसँगै छ भनी ,
म कसरि लेखुँ मेरो देश हाँसेको छ भनी
म कसरि लेखुँ मेरो देश खुशिमा गद गद छ भनी
रगत लत्पतिएका ति मानिसका खातहरू
आँखामा झलझली आईदिँदा म कसरि लेखुँ
कलकल बग्ने ति नदि र हिमालका गितहरू।
प्रकृतिसँग देश जुदिरहँदा म भक्कानिएछु,
हराएँछु ,विलाएँछु र जिउनुको आधार खज्दै
हिँडेछु र सम्झन्छु तिमीलाई सँधैभरि!

तिमी भित्र म खोजिरहेछु मेरो धरहरा
म खोजिरहेछु मेरे ईतिहास ,
म खोजिरहेछु मेरो देश र मानवता
जँहा तिमी देश बनाउने बहादुर भएर
जन्मनेछौ ,हिमनदी भई बग्नेछै,
गुराँश भई फुल्नेछौ ,
अनि सम्झन्छु तिमीलाई सँधैभरि

म उठ्नेछु रोईरहेका ति मानिसमा सान्तवना
भएर उठ्नेछु ,सगरमाथा लिएर उठ्नेछु,
स्वाभिमान भएर उठ्नेछु
देश बनाउने संङ्कल्प लिएर उठ्नेछु
र सम्झन्छु तिमीलाई सँधैभरि!

-रचनाकार महेश्वर शर्मा

सम्बन्धित शिर्षकहरु