टीकापुर घटनाको विषयमा थरुहट संघर्ष समिति यसो भन्छ

childकाठमाडौ, हिंसात्मक घटना भएको एकदिनपछि थरुहट संघर्ष समितिले घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी समितिले शान्तिपूर्ण आन्दोलनमा सरकारबाट दमन भएको दावीगरेको छ । आन्दोलनमा सरकारबाट घुसपैठ भएको दावी गर्दै समितिले घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने समेत बताएको छ ।

थरुहट र मधेसी मोर्चाको संयुक्त आन्दोलन हिंसात्मक हुँदा ८ जनाको मृत्यु भएको थियो । जसमा एक बालक र सात प्रहरी मारिएका थिए ।

सम्बन्धित शिर्षकहरु