दुई सय एकतीस सर्वसाधारणको विद्रोही आक्रमणबाट मृत्यु

बग्दाद, २५ जेठ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार मामिला हर्ने कार्यालय (यूएनएचसीआर)ले इराकको मोसुलबाट भाग्ने प्रयास गरिरहेका २३१ सर्वसाधारण इस्लामिक स्टेट (आइएस) लडाकुहरुबाट मारिएको जनाएको छ ।  मोसुलको पश्चिमी क्षेत्रमा यस्तो घटना भएको समाचारमा जनाइएको छ ।
वग्दाद स्थीत अधिकार सम्वन्धी उच्च आयुक्तको कार्यालयद्धारा जारी वक्तव्यमा गत मे २६ देखि जुन ३ सम्म अल शिफामा उनीहरु मारिएको उल्लेख गरिएको छ । मारिएका मध्ये अधिकांश बालबालिका र महिला  रहेका छन् ।  उनीहरुको शव सडकमा  मारीएको केही दिन सम्म  छोडिएको थियो, घटनापछि अन्य कैयाै‌ं व्यक्तिहरु हराइ रहेका छन् । वक्तव्यमा भनिएको छ ।
उच्च आयुुक्तको कार्यालयले घटनाका बारेमा थप सूचनाहरु खोजी भईरहेको जनाएको छ । सर्वसाधारण माथि भएका आक्रमणमा आइएस लडाकूसहित अल जान्जिलीको पनि संलग्नता रहेको र मे ३१ मा एकै दिनमा उनीहरुका कारण करिव ८० जनाको मृत्यु भएको बताइएको छ ।
गोली हानिएका बालबालिकाहरु बाच्नका लागि उनीहरुका परिबारसँग भागिरहेका थिए, त्यहाँ उनीहरुलाई त्यस्तो निरिह अवस्थाबाट मुक्तिका लागि कसैले केही गर्न सकेन वक्तव्यमा भनिएको छ । इराकमा भएको सो  घटनालाई लिएर आयुक्तले इराकको सुरक्षा फौज र आइएस विरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनलाई बोलाएर नागरिकहरुलाई मारिने अवस्थाबाट मुक्त गर्न आग्रह गर्नुभएको छ । आइएस लडाकुहरुको प्रभाव रहेको जिल्लाहरुमा अहिले सम्म कति नागरिक मारिए भन्ने बारेमा हामीलाई अहिले सम्म केही थाहा छैन, तर बाँच्नका लागि झण्डै दुई लाख मानिस आगामी दिनमा मोसुल छोडी भाग्ने प्रयास गरिरहेका सूचना यूएनएचसीआरलाई थाहा हुन आएको उच्च आयुक्तको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
इराकी सेनाका अनुसार सहरका ९० प्रतिशत भन्दा बढी भाग आईएस लडाकुको नियन्त्रणबाट सरकारी नियन्त्रणमा ल्याइएकोे छ । मोसुल, इराकको राजधानी बग्दाद देखि ४०० किलोमिटर उत्तरमा रहेको विद्रोही प्रभावित इराकी प्राचिन शहर हो । सो शहरलाई सन् २०१४ मा आईएस लडाकुहरुले आफ्नोे नियन्त्रणमा लिएका थिए । रासस÷सिन्ह्वा

सम्बन्धित शिर्षकहरु