यसकारण बने सलमान र रणबीर कट्टर दुश्मन

एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ रणबीर कपूरसँग ब्रेकअप भएपछि पुन: सलमान काम गर्न आएकी छन् । तर, रणबीरले कट्रिनाको मन दुखाएको बलिउडकर्मीहरुले बताउँदै आएका छन् । त्यसैकारण सलमान खान पनि रणबीरसँग रिसाएका छन् ।

हालै सलमानलाई एक पत्रिकाका लागि फोटोशूटका लागि अवसर आएको थियो । जसमा उनी एक्लै हुने थिएनन् । उनीसँगै अमिताभ बच्चन, वरुण धवन, दिलिप कुमारलगायत हुने कुरा थियो । सुरुमा त सलमान फोटोशूटका लागि तयार समेत भएका थिए । तर, पछि त्यसमा रणबीर कपूर समेत हुने कुरा थाहा पाएपछि सलमानले उक्त फोटोशूटलाई अस्वीकार गरिदिए ।

सलमानजस्तै रणबीर कपूर पनि उनीसँग भेटन् चाहँदैनन् । केही महिनाअघि रणबीर यशराज स्टूडियोमा पुगेका थिए । सोही बेला सलमान पनि कुनै शिलशिलामा यशराज स्टूडियो पुगेका थिए । त्यसबेला रणबीरले सलमानलाई भेट्न नचाहेको बताइएको थियो ।अकस्मात सलमान र रणबीर भेट हुँदा पनि उनीहरुबीच बोलचाल हुँदैन ।

सम्बन्धित शिर्षकहरु