कात्तिक ९ । सोलुखुम्बु, सोलुखुम्बुमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ ।
काकु गाविस वडा नम्बर ७ मा गएराति परेको चट्याङ लागेर १३ वर्षकी बालिका रमिला विश्वकर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
चट्याङ लागेर बेहोस भएका अन्य ६ जनाको अवस्था सामान्य रहेको छ । घाईतेको काँकु उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।








