‘आन्दोलनमा तीन सय मान्छे मार्ने योजना’

barshaman-punकाठमाडौँ  एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन अनन्तले आन्दोलनको नाममा दुई तीन सय मार्ने योजना भएको सूचना आफूले पाएको खुलासा गरेका छन ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने–’आन्दोलनमा बल प्रयोग गरेर भड्काउने काम गर्नु हुँदैन । दुई तीन सय मान्छे मार्ने योजना बन्दै गरेको जानकारी आएको छ । संविधान बन्न नदिने योजना छ । यसमा सचेत हुनु पर्छ । यसमा नेताहरु चुके संविधान बन्न नदिनेले फाईदा लिन्छन ।’

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले थारुवान, मगरात, कर्णालीमा संघीयताको सिद्धान्त विपरित सीमांकन भएकोले ति क्षेत्रमा आन्दोलन भएको उल्लेख गर्दै ति मागलाई संबोधन गरिने बताए ।

अनन्त भने– ‘कर्णाली स्वायत्त क्षेत्र हुन्छ । मगरात र थारुवानको क्लष्टर मिलाईन्छ । अखण्ड सुदुरपश्चिमसँग भएको सहमति पुरा भयो तर थारुहटसँग भएको सहमति पुरा भएन । त्यो पनि पुरा गर्नु पर्छ । जुन ठाँउमा सिद्धान्त हेरिएको छ त्यहाँ आन्दोलन छैन, जहाँ सिद्धान्त मिचिएको छ त्यहाँ आन्दोलन भएको छ । भोली मस्यौद्या समितिले टुङग्याएर पर्सिसम्ममा संविधानसभामा जान्छ । ‘

उनले अहिले जायज माग राखेर आन्दोलन गर्नेहरुसँगै निहुँ खोजेर संविधान जारी हुन नदिने तत्व पनि लागिपरेको भन्दै त्यस्ता समूहसँग सम्झौता नगरी भण्डाफोर गरिने स्पष्ट पारे ।

अनन्तले अब चार दिनमा संविधानका विवादित विषय टुङगो लगाईने दावी गर्दै भने–  ‘नागरिकतामा कोही पनि विभेदमा नपर्ने गरी सहमति भएको छ । सीमांकनमा सम्झौता हुन्छ । ६ प्रदेशमा सिद्धान्त छ । ‘

सम्बन्धित शिर्षकहरु