एजेन्सी, सन २०१६ सुरु भएको पहिलो महिनामै बलिउड बक्स अफिसमा केही ठूला स्टारविच भीडन्त हुने भएको छ । अभिताभ बच्चन, सन्नी देओल र अक्षय कुमारका चलचित्रले बक्स अफिसमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
बलिउड बक्स अफिसमा जनावरी महिनालाई ब्यापारको हिसावले राम्रो महिनाको रुपमा लिइन्छ । तर, ठूला स्टारहरुविच भिडन्त भयो भने सवैले आर्थिक ब्यायभार बेहोर्ने स्थिती आउाछ ।
अमिताभको मुख्य भूमिका रहेको ‘वजीर’ एउटा समाजिक घटनामा आधारित चलचित्र हो । विधु विनोद चोपडाले निर्माण गरेको यस फिल्मको निर्देशक बीजाय नाबियार रहेका छन् ।
सनी देवलको ‘घायल वान्स अगेन १५’ पनि जनावरिमै रिलिज हुने भएको छ । यो फिल्म सन १९९० मा आएको घायलको सिक्वेल हो । सनीको यो फिल्मलाई जुही चाबलाको चक एन्ड डस्टरले टक्कर दिने भएको छ ।
अक्षय कुमारको एअरलिफ्ट र एडल्ट कमेडी फिल्म ‘क्या कुल है हम’ एकै दिन २२ जनावरीमा प्रदर्शन हुने भएको छ । जनावरीको अन्तिम शुक्रवार सन्नी लियोनीकै मस्तीजादे र आर माधवनको साला खुड्स रिलीज हुने भएको छ ।
साला खडुसको निर्माता राजकुमार हिरानी रहेका छन् । यसको निर्देशन सुधा कांगडाले गरेका छन् । गएको वर्ष पनि जनावरीमा रिलिज भएको फिल्मल राम्रो ब्यापार गरेको थियो ।








