प्रधानमन्त्री कोइरालाको यस्तो आग्रह

pm-koiralaसाउन २८ । काठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले संविधानको मस्यौदामा चित्त नबुझेका विषयमा वार्ता, एकता र सहमतिबाटै समस्याको उपाय खोज्न आह्वान गरेका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष सम्बोधन गर्दै उनले अब संविधान आउने निश्चित भएको र यसबाट फर्किने अवस्था नरहेको स्पष्ट गर्नुभयो । संविधान निर्माण हुन लागेका समयमा सहयोग पु¥याउन सबैमा आह्वान गरे  ।

“चित्त नबुझेका कुरा वार्तामा राखौँ, यहीबाट हल खोजौँ, आन्दोलनको बाटोभन्दा सहमतिको बाटो बलियो हुन्छ”–उनले भने ।

“सबैका हक अधिकार यसैमा स्थापित हुँदैछ, वार्ता, सहमति र सहकार्य र एकताबाटै संविधान निर्माण पूरा हुँदैछ, सात सालदेखि विभिन्न चरणका आन्दोलन र प्रयासबाट मुलुकमा ठूलो परिवर्तन भएको छ, सङ्घीयताका प्राप्ति नौलो कुरा भएको छ ” प्रधानमन्त्री कोइरालाले भने – “सङ्घीता लागू भएपछि कठिनता देखिएको छ, त्यो कठिनाइ मिलेर समाधान गर्नुपर्छ, म विश्वास दिलाउन चाहन्छु सबैका हक अधिकार स्थापित हुँदैछन्, कुनै पनि आन्दोलन र तोडफोड गर्नु आवश्यक छैन ।”

संविधान समयानुकूल परिवर्तन हुने
हालको मस्यौदा अन्तिम नभएको र संविधानलाई पछि पनि समयानुकूल परिवर्तन गर्न सकिने भएकाले सबैलाई धैर्य गर्न प्रधानमन्त्री कोइरालाले आग्रह गरे।

उनले भने, “जनताद्वारा निर्माण हुने संविधान आउँदैछ, शान्ति, स्थायित्व, लोकतन्त्रलाई स्थापित गरी विकासमा जानु परेको छ, अहिले साराको दृष्टि नेपालमा केन्द्रित छ, शान्ति र स्थायित्व यो देशले कहिल्यै देख्न पाएन, संविधान बनेपछि हामी शान्ति र विकासमा लान चाहन्छौँ ।”

सम्बन्धित शिर्षकहरु