पूर्वाञ्चल आजपनि बन्द

साउन २३ । सुनसरी, सनातन हिन्दूराष्ट्रको माग गर्दै आज पनि पूर्वाञ्चल बन्द छ । सनातन हिन्दू राष्ट्र संघर्ष समितिले पूर्वाञ्चल बन्दको आह्वान गरेको हो । बन्द गराउँदै हिँडेका प्रदर्शनकारीहरूले सडकमा गुडिरहेको सवारी साधन तोडफोड गर्नथालेपछि तीन जना प्रदर्शनकारी नियन्त्रणमा लिइएको छ ।

बन्दका कारण पूर्वाञ्चलको जनजीवन अत्यन्त प्रभावित भएको छ । बन्दबाट कोसी राजमार्ग र पूर्व पश्चिम राजमार्ग समेत प्रभावित भएको छ ।

प्रदर्शनका कारण सुनसरी झापा लगायतका जिल्ला बढी प्रभावित देखिएको छ । प्रदर्शनकारीहरू अहिले पनि सडकमा निस्किएर नाराबाजी गरिरहेको बताइएको छ । प्रदर्शनमा अप्रिय घटना हुन नदिन उल्लेख्य मात्रामा सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको छ ।

बन्दले कञ्चनपुरको जनजीवन प्रभावित

सुदूरपश्चिम क्षेत्रलाई टुक्र्याउने षड्यन्त्र भइरहेको भन्दै गरिएको बन्दको दोस्रो दिन आज कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।

सदरमुकाम महेन्द्रनगरबाट सञ्चालन हुने लामो र छोटो दूरीका यात्रुवाहक सवारीसाधन बन्द रहेका छन् । सवारीसाधन बन्द हुँदा यात्रु पैदल नै गन्तव्यमा जान थालेका छन् । यहाँका महेन्द्रनगर, दैजी, झलारीलगायतका बजार फाट्टफुट्ट रुपमा मात्रै खुलेका छन् । बन्दकर्ताले सुदूरपश्चिमलाई अखण्ड राख्ने प्रतिबद्धता नआउँदासम्म बन्दका कार्यक्रम जारी रहने बताएका छन् ।

सम्बन्धित शिर्षकहरु