नेपाल अझै ठूलो भूकम्पको जोखिममा

earthquakeभूकम्प
गत वैशाखमा आएको भूकम्पले जनधनको ठूलो क्षति गरेको थियो ।

पश्चिम नेपालदेखि भारतको दिल्लीसम्मको भूभागमा भविष्यमा एउटा ठूलो भूकम्प आउन सक्ने खतरा बढेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।

नयाँ तथ्याङ्कहरूले गत बैशाख महिनामा नेपालमा गएको विध्वंशकारी भूकम्पमा पृथ्वीमुनि सञ्चित सबै तनाव निस्कन नसकेको र त्यो पश्चिमतर्फ सरेको उनीहरूले जनाएका छन्।

नेचर एण्ड साइन्स नामक जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरूले त्यस्तो चेतावनी दिएका हुन्।

तर उनीहरूले उक्त भूकम्प कुन परिमाणको हुनेछ र कहिले आउनेछ भनेर चाहिँ भन्न नसकिने बताए।

विध्वंश
हामी मानिसहरूलाई तर्साउन चाहँदैनौं, तर आफूहरू बसिरहेको ठाउँमुनि अत्यन्तै धेरै तनाव सञ्चित भईरहेको छ भन्नेबारे उनीहरू सचेत रहन अत्यन्तै आवश्यक छ

प्रा. जँ फिलिप अवुआक, क्याम्ब्रीज विश्वविद्यालय
बीबीसीसँग कुरा गर्दै ब्रिटेनको प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक जँ फिलिप अवुआकले भने, ‘यस क्षेत्रमा ध्यान दिन जरूरी छ, यदि आज भूकम्प आउने हो भने पश्चिम नेपालमा मात्रै होईन, उत्तरी भारतको गङ्गा मैदानमा घना बसोबासका कारण पनि ठूलो विध्वंश हुनसक्नेछ ।’

गत वैशाखको भूकम्प भारतीय प्लेट र युरोसियन प्लेट भनिने दुइ भौगर्भिक क्षेत्रहरूबीच घर्षण हुँदा पैदा भएको हो।

यो निरन्तर भइरहने प्रक्रिया हो जहाँ हरेक वर्ष जमीन दुइ सेन्टिमीटरले उत्तरतिर सरिरहेको हुन्छ।

वैज्ञानिकहरूका अनुसार गत बैशाख १२ मा गएको भूकम्पले पृथ्वीमुनि सञ्चित तनावमध्ये केहीमात्रै सतह बाहिर निकालेको थियो।

प्राध्यापक अवुआकले भने, ‘यदि सो भुइँचालोले हिमालयको अघिल्तिरसम्मको भूभागमा चिरा पारेको भए अझ ठूलो भूकम्प आउन सक्थ्यो ।’

अनुसन्धानकर्ताहरू पृथ्वीको सतहमुनिको केही तनाव पोखरादेखि पश्चिम तथा दिल्लीको उत्तरतर्फ सरेको ठान्दछन्।

महाभूकम्प
पश्चिम नेपाल तथा उत्तरी भारतको समथर इलाकाका स्कूले छात्रछात्रहरूलाई भूकम्प आउँदा कसरी सुरक्षित रहने भन्ने सिकाएर तथा विद्यालय भवनहरूलाई भूकम्प प्रतिरोधी बनाएर कैयौं ज्यान जोगाउन सकिनेछ

प्रा. डेभिड रथरी, ओपन युनिभर्सिटी, युके
हिमालयक्षेत्रमा सन् १५०५ मा ८.५ परिमाणको महाभूकम्प आएको थियो।
हालै त्यता सरेको दबाबले गएको पाँचसय वर्षभन्दा बढी समयदेखि त्यहाँ जम्मा भईरहेको तनावमाथि थप दबाब थप्न सक्ने उनीहरू बताउँछन्।

“अहिले हामी पश्चिम नेपालका बारे निकै चिन्तित छौं,” प्राध्यापक अवुआकले भने।

उनले नेतृत्व गरेको टोलीले त्यस क्षेत्रमा अरू बढी अनुगमन गर्नुपर्ने जनाएको छ, यद्यपि अर्को प्राकृतिक विपद् ठिक कहिले आउनेछ भनेर अनुमान गर्नु असंभव नै छ।

“हामी मानिसहरूलाई तर्साउन चाहँदैनौं, तर आफुहरू बसिरहेको ठाउँमुनि अत्यन्तै धेरै तनाव सञ्चित भईरहेको छ भन्नेबारे उनीहरू सचेत रहन अत्यन्तै आवश्यक छ,” प्राध्यापक अवुआकले भने।

उनले ठूला भूकम्पहरू पनि थेग्नसक्ने ससाना घरहरू निर्माण गर्न सुझाव दिए।

नेपालमा गत वैशाखमा गएको भूकम्पमा परी झण्डै नौ हजार जनाको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए।

भूकम्प प्रतिरोधी
ब्रिटेनको ओपन युनिभर्सिटीसंग संबद्ध प्राध्यापक डेभिड रथरीले भने, “पश्चिम नेपाल तथा उत्तरी भारतको समथर इलाकाका स्कूले छात्रछात्रहरूलाई भूकम्प आउँदा कसरी सुरक्षित रहने भन्ने सिकाएर तथा विद्यालय भवनहरूलाई भूकम्प प्रतिरोधी बनाएर कैयौं ज्यान जोगाउन सकिनेछ।”

अत्याधुनिक जीपीएस स्टेशनहरूबाट संकलन गरिएका थप तथ्यांकहरूले गत वैशाखमा गएको भूकम्पबाट अरू बढी क्षति हुनसक्ने देखाएको वैज्ञानिकहरू बताउँछन्।

प्राध्यापक अवुआकले भने, ‘काठमाण्डौ नजिकै ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प आयो भन्ने सुन्दा त्यसबाट तीन देखि चारलाख मानिसहरूको ज्यान गयो भन्ने समाचार सुन्न म तयार भएर बसेको थिएँ,

यो दुर्घटना हो, तर निकै घना जनसंख्या भएको इलाकामा १०,००० भन्दा कम मानिसहरूको ज्यान जानुलाई एउटा सानो संख्या नै मान्नु पर्दछ ।’

गत वैशाखको भूकम्पले उच्च फ्रिक्वेन्सीको तरङ्गहरू सिर्जना गरेको भए काठमाण्डौका साना भवनहरूमा ठूलो क्षति पुग्न सक्ने थियो भनी वैज्ञानिकहरू बताउँछन्।

सो भूकम्पमा पर्याप्त तनाव निष्काशन नभएको, बरू जमीनमुनि जम्मा भएको तनाव पश्चिमतर्फ सरेकाले अझ ठूलो भूकम्पको जोखिम बढेको उनीहरूले बताएका छन्। भूकम्प

सो भूकम्पमा पर्याप्त तनाव निष्काशन नभएको, बरू जमीनमुनि जम्मा भएको तनाव पश्चिमतर्फ सरेकाले अझ ठूलो भूकम्पको जोखिम बढेको उनीहरूले बताएका छन्। बीबीसीबाट

सम्बन्धित शिर्षकहरु