एजेन्सी, चर्चित पोर्चुगली स्ट्राइकर क्रिस्ट्रियानो रोनाल्डो अष्ट्रेलियाकी एक युवतीलाई जिस्क्याउँदा लज्जित हुनुपरेको छ ।बेलायती पत्रिका डेलीमेलले जनाएअनुसार मेलवर्नकी एलिन लिमालाई रोनाल्डोले जिम गर्दै गर्दाको तस्विर पठाउन आग्रह गरेका थिए । उनले त्यसअघि नै आफ्नो प्रेमी रहेको बताएकी थिइन् ।
लिमाका ब्वाईफ्रेन्ड एलेक्स, रोनाल्डो र रियाल म्याड्रिडका ठूला फ्यान हुन् । त्यसैले उनले रोनाल्डोलाई इस्टाग्राममा भेटेकी थिइन् । उनी चाहन्थिन्, आफ्नो प्रेमीको रोनाल्डोसँग भेट्ने रहर पूरा होस् ।
तर पछिल्लो समय रसियन सुपर मोडल इरिना सायेकसँगको विछोडपछि तड्पिएका रोनाल्डोले लिमालाई नै निशाना बनाए । उनले लिमालाई जिस्क्याउन थाले । मिस ल्याटिन अष्ट्रेलियाकी रनरअप लिमाले आफ्नो प्रेमी त्यसरी फोटो पठाउँदा खुसी हुन नसक्ने प्रतिक्रिया दिइन् । तर रोनाल्डोले कसैलाई थाहा नहुने भन्दै एकान्तमा भेट्न प्रस्ताव राखे ।

उनले चुम्बनका लागि समेत प्रस्ताव राख्न भ्याए । कुराकानीका क्रममा रोनाल्डोले लिमासँग नम्बर माग्दै उनलाई गत जुलाईमा सम्पन्न म्यानचेष्टर सिटी विरुद्ध रियाल म्याड्रिडको खेलको टिकट दिने प्रस्ताव समेत गरेको रहस्य खुलेको छ ।

लिमाले आफ्नो प्रेमीलाई लिएर टिकट लिन आउने बताइन् तर रोनाल्डोले एकान्तमा भेट्ने इच्छा बारम्बार दोहोराए । रोनाल्डोले आफ्नो फ्यानलाई भेट्न अस्विकार गर्दै एक्लै भेट्न बोलाएकोमा लिमा भने चकित भएकी थिइन् ।
उनले यस कुरालाई सार्वजनिक गरेपछि रोनाल्डोको छवि थप धमिलिएको छ । यसअघि गत जुलाईमा इरिना सायेकले रोनाल्डोको चरित्र राम्रो नभएको भन्दै उनलाई छाडेकी थिइन् । रोनाल्डोले इरिनासँगको आफ्नो ५ वर्षे प्रेम सम्बन्ध टुंगिएको जानकारी समाजिक सञ्जालमार्फत नै दिएका थिए ।








