साउन १७ । सिन्धुपाल्चोक, सिन्धुपाल्चोको मांखा–१ र राम्चे-५ स्थित जुरेमा पहिरो गएको एक वर्ष पूरा भएको छ । २०७१ साउन १७ गते आजकै दिन सो स्थानमा पहिरो गएको थियो ।
दुई सय बढीको ज्यान लाने गरी गएको विनासकारी पहिरोको पीडालाई गायक कृष्णगोपाल तामाङले संगितमा उतारेका छन् । सयौँको उठिबास लगाउने पहिरोलाई त्यहाँका मानिसहरू सम्झन पनि चाँहदैनन् तरपनि संगितमार्फत त्यो घटनालाई जीवन्तता दिने र पीडा भूलाउने प्रयास गायकले गरेका छन् ।
गायक स्वयम्को संगित र भीमसेन खतिवडाको शब्दमा सजिएको ‘अचानो भो सुनकोसी’ बोलको म्युजिक भिडियो बजारमा ल्याइएको हो । सो एल्वम बिक्रि मार्फत उठेको रकम त्यहीँका पीडितहरूको सहयोगमा खर्चने गायक तामाङले असनेपालन्यूजलाई जानकारी दिए ।
हेरौँ म्यूजिक भिडियोः








