गायिका मुना भन्छिन्, ‘राम्री भएर के हुँदो रैछ’

हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै छ । यससंग सम्वन्धीत गीतहरूपनि बजारमा धमाधम आइरहेका छन् । विभिन्न सञ्चारमाध्यमवाट तीजका गीतहरू पनि गुञ्जन थालेका छन् । गायक केन्द्र कुँवरले पनि ‘राम्री भएर के हुँदो रैछ’ बोलको तीजको कोसेली लिएर आएका छन् । गएको वर्षको सफल गीत ‘हङकङको जुत्ता’ को सफलतापछि गायक केन्द्रले यो गीत बजारमा ल्याउका हुन् ।

चर्चित गायिका मुना थापा मगर र केन्द्र कुँवरको स्वरमा सजिएको यस गीतलाई शंकर भुजेलको शब्द तथा लयमा तयार पारिएको हो । सन्तोष सुनवारको छायांकन, जीवन शाहीको सम्पादन रहेको गीतलाई नमस्ते मिडिया हाउसले निर्माण गरेको हो । भिडियोलाई युट्युव मार्फत सार्वजनिक गरिएको छ । संचारकर्मी अधिकारीको केहि समय अघि अर्को आधुनिक भिडियो समेत बजारमा आइसकेको छ ।
हेरोँ भिडियो

सम्बन्धित शिर्षकहरु