
साउन १५ । पोखरा, बुधबार राति वर्षासँगै आएको भीषण पहिराले कास्कीको लुम्ले, भदौरे तमागी र ढिकुरपोखरी गाविस–९ ठूलीचौरमा आज अपराह्नसम्म मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती ठाउँमा क्रमशः २५, पाँच र दुई जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १२ पुरुष र २० महिला छन् ।
उक्त घटनामा घाइते भएका १ मध्ये दुई जना उपचारपछि घर फर्केका छन् । लुम्लेमा बेपत्ता भएका ८१ वर्षीया सियोधरी देवकोटा र पाँच महिने बालिका अन्जीला शेर्पालाई मृतावस्थामा आज पहिराबाट निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो घटनामा परी यसअघि ३० जनाको मृत्यु भइसकेको थियो ।
ज्यान गुमाउने तथा बेपत्ताहरुको नामावली
(क) लुम्ले–४ र ६ का मृतकहरुको नामावलीः
१. अर्जुन गुरुङ, वर्ष–१०
२. रत्ना पौडेल, वर्ष–७०
३. बसन्ती बिक, वर्ष–८४
४. चिजा बिक, वर्ष–३२
५. सम्झना बिक, वर्ष–१४
६. सलिना बिक, वर्ष–१०
७. सुनिल बिक, वर्ष–९
८. मञ्जु सुनार, वर्ष–२६
९. सीमा सुनार, महिना–३
१०. सुगम जिसी, वर्ष–१०
११. संगम जिसी, वर्ष–५
१२. छिरिङ शेर्पा, वर्ष–५६
१३. किशान्ती शेर्पा, वर्ष–३७
१४. खिमरी बिक, वर्ष–६५
१५. पद्मी देवकोटा, वर्ष–७०
१६. तिलकुमारी देवकोटा, वर्ष–६०
१७. तुलसी देवकोटा, वर्ष–२२
१८. गुरुदत्त देवकोटा, वर्ष–६७
(ख) भदौरेतामागी–५, ठूलाखेतका मृतकहरुको नामावलीः
१९. टिकाराम बिक, वर्ष–६५
२०. रामकुमारी बिक, वर्ष–५५
२१. गौरी पराजुली, वर्ष–३१
२२. करण पराजुली, वर्ष–७
२३. नन्दकली पराजुली, वर्ष–६५
(ग) ढिकुरपोखरी–९ का मृतकहरुको नामावलीः
२४. अस्मिता दाहाल, वर्ष–१७
२५. प्रेमराज दाहाल, वर्ष–१९
(घ) लुम्ले–४ र ६ मा बेपत्ताहरुको नामावलीः
१. सविन देवकोटा, वर्ष–६
२. इन्द्रप्रसाद देवकोटा, वर्ष–६८
३. रुद्रवती देवकोटा, वर्ष–६२
३. सविता देवकोटा, वर्ष–९
४. लक्ष्मी देवकोटा, वर्ष–४७
५. पदम देवकोटा, वर्ष–६८
६. शिरोधरी देवकोटा, वर्ष–७२
७. कविता शेर्पा, वर्ष–५
८. पार्वती देवकोटा, वर्ष–२५
९. अञ्जिला शेर्पा, महिना–५
(ङ) भदौरेतामागी–५, ठूलाखेतमा बेपत्ताहरुको नामावलीः
१०. विश्व पराजुली, वर्ष–५
११. समिर पराजुली, वर्ष–७
१२. मनबहादुर सुनार, वर्ष–१०







