जन संपर्क समिति अस्ट्रेलियाको सभापति पदका लागि ५ जनाको उम्वेद्वारी

असनेपालन्युज, सिड्नी ।
जन संपर्क समिती अस्ट्रेलियाको नयाँ कार्य समितिका लागि विभिन्न पदमा उम्वेद्वारहरूले आ-आफ्नो नाम पेश गरेका छन्।
समितिले असनेपालन्युज लाई जानकारी गराए अनुसार सभापति पदका लागि ५ जनाको उम्वेद्ववारी परेको छ । हाल सहमतिका लागि प्रयास जारी रहेको जनाइएको छ । यस्तै उपसभापतिमा २ जना , ३ जना महासचिवमा , २ सहसचिवमा , २ जना कोषाध्यक्षमा र कार्य समिति सदस्यको छ पदका ८ जनाको उम्वेद्ववारी परेको छ ।
सकभर निर्वाचनमा जानु नपर्ने गरि प्रयास जारी रहेको जनाएको छ । भोली सम्ममा नयाँकार्य समितीको टुङो लगाउने निर्वाचन समिलिते तयारी गरेको छ । थप अद्द्यावधिक समाचारका लागि असनेपालन्युज हेर्दै रहनु होला ।

सम्बन्धित शिर्षकहरु