साउन ९। कपिलवस्तु, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सङ्घीयताबिनाको संविधान आए मधेसी जनताले स्वीकार नगर्ने बताएका छन् ।
सद्भावना पार्टी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतोले ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन तथा अन्य आन्दोलनको मर्म तथा भावना सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण गर्ने भएकाले सङ्घीयताबिनाको संविधान आए अपुरो हुने जिकिर गरे ।
उनले प्रस्तावित संविधानको प्रस्तावनामा मधेस आन्दोलनलाई कहीँ कतै उल्लेख नगरिएको बताउँदै दिए ।








