मुख्य तीन दलका शीर्ष नेताले संयुक्त पत्रकार सम्मेलन गर्दै

k|wfgdGqL] lgjf; afn'jf6f/df a;]sf]  tLg bnsf] a}7saf6 aflxl/g] qmddf  PsLs[t g]skf -dfcf]jfbL_sf cWoIf k'iksdn bfxfn ;~rf/sdL{nfO{ k|ltlqmof lbFb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ,  मुख्य तीन दलका शीर्ष नेताहरुले आजै अपरान्ह संयुक्त पत्रकार सम्मेलन गरेर असन्तुष्ट मधेस केन्द्रित दल तथा अन्य पक्षहरुलाई वार्तामा बोलाउने भएका छन्।

कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेताहरुको शनिबार बिहान बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। अपरान्ह चार बजे तीन दलले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

१६ बुँदे सहमति गराएर संविधान निर्माणमा तीन दललाई एकै ठाउँमा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका गच्छदारलाई संविधानको घोषणा प्रक्रियासम्म भए पनि  समेट्ने र अन्य असन्तुष्ट दलहरुलाई सम्बोधन गर्ने उद्देश्यले दलहरुले अन्तिम प्रयास गरेका हुन्।तराई मधेस शब्द राख्न तीन दलका केही नेताहरुले नमानेपछि गच्छदार मोर्चासँग हुने लागेको सम्झौता विथोलिएको थियो । यसमा तीन दलका नेताहरु लचिलो भएर गच्छदारसँग छलफल गर्न तयार देखिएका छन् ।

बालुवाटार बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत तीन दलका नेताहरुको उपस्थिति थियो।

बैठकमा प्रधानमन्त्रीको न्युयोर्क भ्रमण भारतीय विदेश सचिव एस जयशंकरको भ्रमण, आइतबार हुने नयाँ संविधानको घोषणा र सुरक्षा व्यवस्थापन, विजय गच्छदार नेतृत्वको मधेसी मोर्चालाई समेट्ने वार्ता र प्रयासबारे छलफल एव समीक्षा भएको छ। प्रधानमन्त्री राष्‍ट्रस‌ंघीय महासभामा भाग लिन न्यूयोर्क जानुपर्ने भएकोले संसद् अधिवेशन पनि स्थगित गर्ने र प्रधानमन्त्री फर्किनसाथ तत्काल डाक्ने सहमति भएको छ। संसद् अधिवेश डाकेको सात दिनभित्र नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने व्यवस्था छ।

सम्बन्धित शिर्षकहरु