उपेन्द्र यादवमाथी जाईलाग्ने युवा को हुन्?

jattaकाठमाडौं, सोमबार राजधानिको माइतिघरमा  अयोजीत कार्यक्रममा पुगेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवमाथी एकजना युवा जाई लागे । हट्टाकट्टा शरीर र डेडलक कपाल पालेका राजेन्द्र सापकोटा नामका ती युवक नेताको अगाडी गएर चर्को स्वरमा मधेश आन्दोलनले जनताले पाएको सास्तीको बारेमा बोल्न थाले ।

उनले हप्काएको शैलीमा यादबलाई मधेशको आन्दोलनका कारण म र म जस्ता नेपालीको घरमा चुल्हो बलेको छैन, मधेशको आन्दोलन जनताको आगि हो की तिमीहरुको लागी हो ? आफ्नो स्वार्थको लागि जनतालाई दुःख दिने काम गर्ने ? भनेर प्रस्न सोध्न थालेपछि नेता यादव अक्कन बक्क परे ।

आक्रोशित युवकले प्रस्न माथी प्रस्न सोध्न थालेपछि  यादव कार्यक्रमबाट बिदा नै नमागी कार्यक्रम स्थलबाट कुलेलाम ठोके । यादव जाँदै गर्दा ति युवकले मधेश आन्दोलनको बिरुद्धमा नारावाजी गर्न थालेपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएका छन् ।

सम्बन्धित शिर्षकहरु