साउन ३ । काठमाडौँ, एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले संविधानको मस्यौदामा सुझावा दिँदा राजनीतिक स्थिरता र तीब्र आर्थिक विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपति वा प्रधानमन्त्री रहने शासकीय प्रणालीका लागि सबैले प्रयत्न गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, हालैको एक अन्तर्राष्ट्रिय प्रतिवेदन अनुसार नेपाल एशियाको दोश्रो सबभन्दा गरीब देश (अफगानिस्तान पछि) बनेको छ । त्यस्तै अहिलेको ३ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहेमा नेपाल अर्को ५० बर्षसम्म पनि यस्तै गरीब रहिरहनेछ ।’
त्यस्तै उनले अगाडि लेखेका छन्– ‘अहिलेकै जस्तो संसदीय शासन प्रणाली त्यसमाथि मिश्रित निर्वाचन प्रणाली कायम रहेमा देशमा कहिल्यै राजनीतिक स्थीरता रहनेछैन र आर्थिक वृद्धिदर बढ्ने हैन बरु घट्नेछ’ भन्दै उनले थपेका छन् ‘त्यसैले राजनीतिक स्थीरता र तीब्र आर्थिक विकासकालागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपति वा प्रधनमन्त्री रहने शासकीय प्रणली नयाँ संविधानमा व्यवस्था गर्न सबैले आआफ्नो ठाउँबाट प्रयत्न गरौँ ।’
पार्टी भन्दा माथि उठौं, छातीमा हात राखेर सोचौँ ।’
हालैको एक अन्तर्राष्ट्रिय प्रतिवेदन अनुसार नेपाल एशियाको दोश्रो सबभन्दा गरीब देश ( अफगानिस्तान पछि ) बनेकोछ!त्यस्तै अह…
Posted by Dr. Baburam Bhattarai on Saturday, July 18, 2015







