असनेपालन्युज । सिड्नी । नेपाललाई मन पराउने अस्ट्रेलियनहरूको पहलमा सिड्निमा एक विषेश साङ्तिक कन्सर्ट हुने भएको छ । नेपालमा गएको महा विनासकारी भुकम्प पीडितका लागि आफुहरूले सहयोगार्थ सो कन्सर्ट गर्न लागेको आयोजक नेपाल प्रेमि मध्येका एक जोन माइकल ले असनेपाल न्युजलाई जानकारीइ दिए।
‘ महा भुकम्पको साक्षि म आँफै हुँं , त्यति वेला म नेपालमा थिए, मैले जो भोगे र देखें त्यो अकल्पनिय छ ‘ त्यहि पिडामा पीडितहरूको सहयोगार्थ यो कन्सर्ट गरिएको हो । माइकलले नेपाली समुदायलाई सो कार्यक्रममा वाक्लो सहभागीताको लागि आव्हान गरेका छन्। कार्यक्रम सिड्निको मुख्य शहर सिबीडि स्थित २६४ पिट स्ट्रिट स्थित युनाइटेड चर्चमा जुलाई २६ तारिख आइतवार २ बजे
आयोजना हुने बताईएको छ । प्रवेश शुल्क १५ डलर रहेको सो कार्यक्रमको अन्त्यमा नेपाल सम्वन्धि सावाल र जवाफ कार्यक्रमको समेत आयोजना गरिने तयारी भएको छ । ‘रोवर्ट टाइचर कन्सर्ट ‘नामको सो कार्यक्रममा पप , ज्याज , लगायत विविध संगीतिक प्रस्तुति रहने जोन बताउंछन्।
‘फ्रेइन्द्स पीस टिम’ शान्ति समुह मित्र मण्डलि को समन्वय रहने सो कार्यक्रममा बहुसामुदायिक समुहले सहभागीता जनाउने छन्।Nepal Benefit Concert 2Nepal Benefit Concert 4








