दाउन्नेमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु, आठ जना गम्भीर घाइते

accidentसाउन १ । नवलपरासी, पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको दाउन्ने उकालोमा शुक्रबार विहानभएको सवारी दुर्घटना हुदा आठ जनाको मृत्यु भएको छ ।  भने आठ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार  दाङ तर्फ गुडिरहेको  ना ४ ख ५१४३ नम्बरको  बस र विपरित दिशा तर्फ गुडिरहेको युपी ३२ डिएन ०८५४ नम्बरको भारतीय ट्रक एकआपसमा ठक्कर खादा घटना स्थलमा ६ जनाको मत्यु भएको  प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएकाहरुको उपचारका लागि अस्पताल लैजादै गर्दा  २ जनाको मृत्यु भएको  हो ।  मृत्यु हुनेमा चार महिला चार पुरुष छन् । दुर्घटनामा परी घाइते हुनेमा दाङ घोराही नगरपालिका–५ बस्ने २७ बर्षका शरण नरेश नेपाली, कावासोती –२ सुस्मिता ढकाल, रुपन्देही हात्तिफर्साटिक–८ का ३० बर्षीय गोपाल रेग्मी, दाङ बिजौरी– ३ का सुभाष नेपाली, गोर्खा घ्यालचोकका २७ बर्षीय विनोद अधिकारी, चितवन भउनपा– २ का ४५ बर्षीय, एक बहादुर खत्री र ट्रक चालक भारत देवरीया कंचनपुर गाउँ उत्तर प्रदेशका ५१ बर्षका ब्यास शर्मा रहेको  प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुको नाम ठेगाना खुल्न सकेको छैन । उकालोमा भएको दुर्घटना भएकाले उद्धारमा समेत कठिनाई भएको प्रहरीले  जनाएको छ  । बस कुच्चिएकाले बस भित्र मान्छे हुन सक्ने डिएपी परशुराम तिवारीले बताए ।

सम्बन्धित शिर्षकहरु