उत्तरी भियतनाममा बाढीबाट सातको मृत्यु

हनोइ । भियतनाको उत्तरी प्रान्त लाओकाईमा अवस्थित सुन खानीमा आएको बाढीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

सम्बन्धित अधिकारीले बुधबार सो जानकारी दिएका छन् । सुन खानीमा कार्यरत ती कामदारहरु सवै स्थानीय नागरिक हुन् र सोही खानीमा नै स्थायी रुपमा कार्यरत व्यक्तिहरु रहेका थिए ।

दुई व्यक्तिको शव सोमबार नै प्राप्त भएको थियो भने अन्य पाँचको मृत्यु भएको बुधबार पुष्टि गरिएको छ । भियतनाममा डिआन्मु नामक सामुद्रिक आँधीपछि सो बाढी आएको थियो ।

भियतनाममा डिआन्मु ताइफुनबाट गत शुक्रबारबाट हालसम्म १६ व्यक्तिको मृत्यु भइसकेको छ । सोमबार भएको खानी दुर्घटनामा थप दुई व्यक्ति बेपत्ता हुनुको साथै अन्य १५ जना घाइते भएको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु