सिंचाइ मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, सचिवसहित ३ जना बेपत्ता

धादिङ्ग । सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेकाे जिप धादिङको सलाङघाटबाट त्रिशुली नदिमा खस्दा सिंचाइ मन्त्रालयका सचिव यादवसहित तीनजना बेपत्ता भएका छन् ।

कपिलवस्तुबाट काठमाडौंं जाँदै गरेको बा १ झ ३१४० नम्बरको सरकारी गाडी धादिङको सलाङघाटमा दुर्घटना भएको छ । दुर्घटना भएसँगै गाडीमा सवार सिचाइ मन्त्रालयका सचिब रामानन्द यादब सहिततीनजना वेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा रामानन्दको छोरा सन्तोष यादब, नाम नखुलेकी एक किशोरी रहेका छन् ।

चालक निरन्जन यादव अधिकारीको घाइते अबस्थामा उद्दार गरी थप उपचारको लागि ट्रमा सेन्टर रिफर गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ भने दुर्घटनास्थलमा नेपाली प्रहरी पुगिसकेको छ ।

 

सम्बन्धित शिर्षकहरु