एडेलेड नेप्लिज क्रिकेट एशोसियन र ब्रिसवेन टीम मैत्रीपूर्ण प्रतिष्पर्धा गर्दै

एडेलेड, आज ब्रिसवेनमा एडीलेड नेप्लिज क्रिकेट एशोसियन र ब्रिसवेन टीम आपसमा मैत्रीपूर्ण खेल खेल्दैछन् । ३५ ओभरको उक्त खेलमा सहभागी हुन एडीलेड नेप्लिज क्रिकेट एशोसियन टीमका ११ सदस्यीय खेलाडी ब्रिसवेन प्रस्थान गरिसकेका छन् । यस किसिममा मैत्रीपूर्ण खेलले अष्ट्रेलिबासी नेपाली समुदायबीच क्रिकेटको विकासमा नयाँ आयाम थप्ने आयोजकले दावी गरेका छन् । ‘यसले नेपाली क्रिकेटको विकास र विस्तारका लागि अहम् भूमिका खेल्छ’, एशोसियसनका अध्यक्ष सन्तोष अधिकारीले असनेपालन्यूजसँगको कुराकानीमा भने ‘ आपसी भाईचाराको बिकास पनि गर्दछ ।’

एशोसियनले जुलाई ८ तारिकको दिन एक कार्यक्रमका बिच गरेर क्लबको जर्सी लन्च गरेको थियो । एक्स्पर्ट एजुकेशन एण्ड भिसा सभिर्सेसले प्रायोजन गरेको उक्त जर्सी रुपक बर्तौला र क्लबका अध्यक्ष सन्तोष अधिकारीले संयुक्त रूपमा लन्च गरेका थिए । कार्यक्रममा सम्पूर्ण खेलाडीहरुलाई सफलताको लागि शुभकामना समेत व्यक्त गरिएको थियो । कार्यक्रममा खेलाडी र उपस्थिति अन्य शुभचिन्तकहरुलाई स्वागत गर्दै मोति नरलले क्लबको बारेमा सामान्य जानकारी दिएका थिए ।

यस अघि पनि यी दुई टिम बीच सन् २०११ मा ब्रिसवेनमा र सन् २०१२ मा एडीलेडमा मैत्रीपूर्ण खेल भएको थियो । २०११ मा ब्रिसवेन भएको खेलमा ब्रिसवेन र सन् २०१२ एडेलेडले बिजय हासिल गरेका थिए ।

सम्बन्धित शिर्षकहरु