जीएनसी फुटबल शिल्ड २०१५ को उपाधि माछापुच्छ्रेले हात पार्यो

२०१५ को उपाधि गोर्खा नेप्लीज कम्युनिटी फुटबल शिल्ड माछापुच्छ्र्रे क्लबले हात पारेको छ । आइतबार सम्पन्न फाईनल खेलमा लालीगुराँस फुटबल क्लबलाई तीनका विरुद्ध चार गोलले पराजित गर्दै मााछापुच्छ्रेले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको थियो र यहाँ माछापुच्छ्रे क्लबले यही थप समयमा एक गोल गर्दै उपाधिमाथि कब्जा जमाएको हो । आइतबार दिउँसो भएको फाईनल खेल पश्चात पुरस्कार वितरण कार्यक्रम गरिएको थियो ।

यस्तै ३० वर्षमाथिका वरिष्ठहरुको फुटबलको उपाधि पनि माछापुच्छ्रे क्लब सिनियरले जितेको छ । फाईनलमा सेन्टजर्ज नेप्लीज क्लबलाई दुईका विरुद्ध ५ गोलले पराजित गर्न सफल भएको हो । यससँगै माछापुच्छ्रे फुटबल क्लब सिनियर ३५ वर्षमाथिको यो उपाधि लगातार तेश्रो पटक जित्ने टिम पनि बन्न सफल भएको छ । फुटबल फाईनलको क्रममा नेपालमा भूकम्प पीडितका लागि सहयोग संकलन समेत गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु