असार २० । काठमाडौं, अन्तराष्ट्रिय टी-२० क्रिकेटको वरियता क्रममा नेपालले बल्ल प्रवेश पाएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जारी गरेको टी-२० को वरियता क्रममा नेपाल १५ औं स्थानमा छ । हालै नेदरल्याण्डविरुद्धको चार म्याचको श्रृखला खेलेपछि नेपाल पहिलो पटक टी-२० को वरियता क्रममा पर्न सफल भएको हो ।
बंगलदेशमा भएको टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले टी-२० राष्ट्रको मान्यता पाएको थियो ।

त्यस्तै, वरियता क्रमको पहिलो स्थानमा श्रीलङ्का, दोस्रोमा भारत, तेस्रोमा अस्ट्रेलिया, चौथोमा वेष्ट इन्डिज, पाँचौँमा पाकिस्तान, छैठौँमा साउथ अफ्रिका र सातौँमा न्युजिल्यान्ड छ । त्यसैगरी, आठौँमा इङ्ल्यान्ड, नवौँमा बङ्गलादेश, दशौँमा स्कटल्यान्ड, एघारौँमा अफगानिस्तान, बा¥हौंमा नेदरल्यान्ड्स, तेहौँमा आएरल्यान्ड र चौँथो स्थानमा जिम्बावे रहेका छन् ।
नेदरल्यान्ड्सको अभ्यास खेलमा भने नेपालले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको थिएन । चार खेल खेलेको नेपालले एक खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो ।
पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो भने दोस्रोमा १०३ र तेस्रोमा १८ रनले नै पराजित भएको थियो । त्यस्तै, चौथो तथा अन्तिम खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई तीन विकेटले पराजित गरेको थियो ।
गत वर्ष बङ्गलादेशमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि आइसिसीले नेपाललाई त्यतिबेला टी–ट्वेन्टीको मान्यता दिएको थियो ।








