जापान सरकारद्वरा नेपाल सरकारलाई बीपी राजमार्ग हस्तान्तरण

काठमाडौं र पूर्वी तराईसँग जोड्ने बीपी राजमार्ग जापान सरकारले शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।जम्माजम्मी १६० किलोमिटर उक्त राजमार्गमा अहिले पूर्वी तराईदेखि सिन्धुली हुँदै रामेछाप मन्थली तथा राजधानीसम्मका लागि दैनिक सञ्चालन भइरहेका छन् ।२०५२ सालमा निर्माण थालिएको उक्त सडक शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र जाइकाका प्रमुख तुतोमु सिमिजुले संयुक्तरुपमा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् ।
सडक निर्माणले सिन्धुलीबाट राजधानीसम्म सवारी सञ्चालनले दुर्गम गाविसका विपन्न कृषकद्वारा उत्पादित तरकारी तथा फलफूल बिक्रीका लागि बजारसम्म लैजान सजिलो हुने देखिन्छ भने २२ अर्ब लगानी निर्माण गरिएको सो राजमार्गलाई चार खन्डमा विभाजन गरिएको छ । सिन्धुली बजार–खुर्काेटखन्ड र धुलिखेल–नेपालथोकखन्ड यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
सडक निर्माणबाट सो क्षेत्रका गाउँ–गाउँमा आर्थिक विकासको सम्भावनासमेत उजागर गरेको छ । यस सडकमा नेपालमै पहिलोपटक ‘इमर्जेन्सी इन्फर्मेसन सिस्टम’ जडान गरिएको र यो प्रविधिबाट इन्टरनेट जडित कम्प्युटर वा मोबाइलमार्फत् सडकबारे जानकारी लिन सकिने छ ।

यस राजमार्गमा दैनिक एक हजारभन्दा बढी सवारी चल्ने गरी ५१ ओटा यातायात समितिहरु दर्ता भएका छन् । बीपी राजमार्ग पूरा भएसँगै देशको पूर्वी भाग तर्फ जाने यातायातका साधनहरुका लागि पृथ्वी राजमार्गको विकल्प पनि खुल्ने देखिन्छ ।

सम्बन्धित शिर्षकहरु