असार १६ । काठमाडौँ, कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र चिली भिड्ने भएका छन् ।
बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा पाराग्वेलाई ६–१ को फराकिलो गोलअन्तरमा हराउँदै अर्जेन्टिनाले आयोजक चिलीविरुद्धको उपाधि भिडन्त तय गरेको हो ।
खेलमा अर्जेन्टिनालाई विजयी गराउन एन्जल डि मारियाले दुई गोल गरे । यसैगरी मार्कस रोहो, हेभियर पास्तोरे, सर्जीयो अगुएरो र गोन्जालो हिगुवानले एक–एक गोल थपे ।
पराजित टोली पाराग्वेका लुकास बारियोसले सान्त्वना गोल फर्काए । जितसँगै अर्जेन्टिना दक्षिण अमेरिकी महादेशकै ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकाको १५ औं उपाधि नजिक पुगेको छ ।
अर्जेन्टनाले अब आइतबार बिहान हुने फाइनलमा आयोजक चिलीको सामना गर्नेछ ।
त्यसअघि तेस्रो स्थानका लागि हुने खेलमा शनिबार विहान पेरु र पाराग्वे भिड्नेछन् ।








