दुम्सी डाँडा

–वैरागी जेठा

दुम्सी डाँडा
हिजो आज
निदाउन सक्दैन
सधैँ सधैँ जसो
खेती विर्सिएर
बसी फाँट
गोलमोलका
खस्रुका रुखमुनि
आफूलाई साँचिरहेको छ
क्षितिजभरि सपना रोपेर
फलाइएका आलुहरू
आफूसँग छैन
रुम्बा,मोक्तान
थोकर र थिङहरूका पीडाहरू
सञ्चमायाले पस्किरहेथीइन
कान्छीमाया आँसु पिइरहेथिइन्
उद्दारहरू घन्केको छ
डिके लामा र धावा सँगै
घनश्याम
वर्षागर्न आतुर छ
सल्लाहरूको बागमा
नानीहरू कराइरहेकाछन्
लाली गुँरासको बागमा
निम्ति थुम्का देखेर
मलाई निन्द्रै लागेन
सम्झेर उभिरहेँ
पाल टाँगेको ठाउँमा
मङ्गोलसँगैको यात्रा
गहभरि टाँसेर
गोलमोलबाट
घनश्यामको धुवाँ छिछोल्दै
सिमभञ्ज्याङ उक्लिरहँदा
कटुस घारी
हामीसँग बोल्न खोजिरहेथ्यो
काठमाण्डौ पुग्नु नै पर्ने
बस नपाएर
गोलमोल देखिको मार्चपास
शिखरकोटमा टुङिगन्छ
आलुबोकेर आउने कथाहरू
आफैँ टाढा हुन्छ
सबै भन्दा प्यार
दुम्सी डाँडा खोजिरहे छ
ओझा,प्रसिद्ध र रिमालहरू
कवितामा बोल्न आग्रह गरिहेछन्
बतासेझैँ
वाइरोडको बाटोमा
पहिलो पैदल यात्रा
बााचेर मर्न चाहन्छ
आगोझैँ बलेर
भुइँचालाको खेल
कसले जान्नु
रातामान्छेहरू
आगाझैँ बल्ने गर्छन्
म निभ्न खोज्छु
मलाई सल्काइ हाल्छन्
मेरो साथी
म भित्रको व्यक्तित्व चिन्न
मङ्गोल
माओ स्टालीनका कथा सुनाउँथे
म हाँसिरहन्थे
मुन्टो हल्लाउँथेँ
ओझा प्रसिद्ध र रिमालहरू
मलाई सल्काइरहन्थे
निदाउन खोज्छु
कविता वैरागी भन्छन्
विद्रोहको पथ मागिरहेछन्
म आँखाको खुट्टा तान्छु
थाहा छ मलाई
विद्रोहको प्रशासन
म च्यापिएको छु
तमाङहरू ,तमाङ्नीहरूसँगै
कविता सुनेर थपडी मारिरहेथे
रबी गोले र किँरातीहरू

सम्बन्धित शिर्षकहरु