फिल्म सुटिङमा आलिया घाइते

aliya-bhatta-4असार ८ ।  काठमाडौँ,बलिउड नायीका आलिया भट्ट चलचित्र छायांकनको क्रममा घाइते भएकी छिन् । ‘कपूर एन्ड सन्स’ को छायांकन गर्न उनी हाल तामिल नाडुमा छिन् ।  उनले आफ्नो ट्विटरमा लेखेकी छिन्– ‘मेरो शुभचिन्तकहरुलाई धन्यवाद । चिन्ता गर्नुपर्दैन । दुई हप्तामा ठिक हुन्छु । अहिले देब्रे हुनुपरेको छ ।’

उनको दाहिने काँधमा चोट लागेको हिन्दुस्तान टाइम्सले बताएको छ । आलियाको पछिल्लो फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

aliya bhat

सम्बन्धित शिर्षकहरु