पूर्वविशिष्टहरुलाई मनग्गे सुविधा दिन विद्येयक

Gadiअसार ८ ।    काठमाडौं, भूकम्प पीडितहरुलाई अस्थायी टहरा बनाउनका लागि १५ हजार रुपैयाँ राहत दिन मुस्किल परिरहेका बेला सरकारले मुलुकको राज्यकोषमा बर्षेनी ५० करोड रुपैयाँभन्दा बढी दायित्व थपिने गरी पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मका पूर्व विशिष्छ पदाधिकारीहरुलाई आजीवन विलासी गाडी, सरकारीआवस तथा सचिवालयसहितको सुविधा दिने कानूनी व्यवस्था गर्न संसदमा विदेयक दर्ता गरेको छ ।

पूर्वगृहमन्त्रीहरुलाई समेत सुरक्षा थ्रेटका नाममा आजीवन गाडी, इन्धन र मर्मत खर्च दिने प्रस्ताव विधेयकमा छ । विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीलाई सुरक्षा सुविधा प्रद्यान गर्ने सम्बन्धमा बनेको विधेयक संसद्बाट पारित भएपछि पूर्वराष्ट्रपतिm पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीस, पूर्वसभामुख र रागिट्रय सभाका अध्यक्षहरुले सरकारबाट आजीवन गाडी, आवास र सचिवालय सुविधा पाउन थाल्ने समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

सम्बन्धित शिर्षकहरु