
असनेपालन्युज, सिड्नी। अस्ट्रेलिया भ्रमणमा आउनु भएका नेपाली अभिभावकहरू यहाँंको जीवनशैलि सँग विस्तारै घनिस्ठता राख्दै छन्। व्यस्त शहर ,फरक दिनचर्या र अलग जीवन शैली ।

फेरी पनि नेपाली अभिभावकहरू सिड्निको आधुनिकता सँग आफुलाई मिसाउंदै छन् र नेपालसङ्गै छाडेका आफ्ना रिती रिवाज संस्कृतिको प्यास मेटाउन शहरका चोक र बगैचाहरूमा भेला हुने गर्छन्। भेट घाट, खवर आदान प्रदान , योग, ध्यान ,मन्दिर भ्रमणमा उनिहरू सामुहिक रुपमै जुट्ने गर्छन्।
‘छोरा -बुहारी काममा जान्छन्,हामीहरू घरमै बसेर मात्र के गर्ने त्यसैले रचनात्मक काम गर्न र आफुलाई सकृय बनाइ राख्न नेपाली अभिभावकहरू हरेक दिन सामुहिक जमघटमा जुट्ने प्रयास गर्छौ ‘।-एक वर्ष अघि अस्ट्रेलिया आईपुगेर सिड्नी को क्याम्प्सि मा आफ्ना छोरा छोरी सँग बस्दै आएका अभिभावक भीम नेपालको अनुभव हो । आमाहरू नाती-नातिनाको स्याहारमा जुट्छन् तर बाहरू सँग प्रसस्तै समय छ ।
उनिहरू भन्छन्;’हामीजस्ताको लागि सरकार समुदायले केहि नविन कार्यमा लगाउने गरिविधि सन्चालन गराइदिनु पर्यो ‘। यसो त अभिभावक हरूले आँफै एक आस्थाइ समिति समित गठन गरेका छन। यो समिति मार्फत जमघट भेला , तथा विभिन्न पर्वका कार्यक्रम आयोजना
गर्ने गर्छन् । यसै क्रममा क्याम्पसिमा नेपाली अभिभावकहरूको यो समुहले पार्क भित्र योग ध्यान , हास्य चिकित्साको आयोजना गरे। समुदायका तर्फ बाट डा नारायण प्रधान को आतिथ्यमा तथा योग प्रचारक आचार्य राजन शर्मा को प्रशिक्षणमा नेपालमा झैं योग , ध्यान , हास्य चिकित्सामा उनिहरू रमाएर जुटे ।
उनिहरूले ढाका टोपी लगाएर खुला चौरमा हास्य चिकित्सा गरिंरहदा बाटो हिंड्ने पथिक देखि स्थानिय जनाटकआ लागि यो कार्य चासो पूर्ण बनिरह्यो । यो चासो ले पार्कका अन्य विदेशिहरूलाई पनि समुहमा सहभागी हुन आकर्षण दिलायो ।
अभिभावक समितिका अध्यक्ष शम्भु श्रेष्ठ भन्छन्:समय वित्दै जांदा हरेक स्थान नौलो बन्न सक्दैन , त्यसैले आफुलाई सकृय बनाइ राख्न हामीले समिति मार्फत विभिन्न गतिविधि सन्चालन गरिरहेका छौ ‘ । यसो त यस्तै समितिको पहलमा उनिहरूले विभिन्न पुस्तकालयमा नेपाली पुस्तक समेत मगाउन सफल बनेको अनुभव सुनाए ।
अस्ट्रेलियामा नेपालीहरू बाक्लिंदै जांदा उनिहरूका अभिभावकलाई नेपाल बाट भ्रमणमा बोलाउने कामा पनि बढेको छ । विशेष गरि आफ्ना सन्तान जन्मिए पछि यहां का नेपालीहरूले आ-आफ्ना बुवा अामा लाई ‘भिजिट भिषामा ‘अस्ट्रेलियामा निम्त्याउने गरेका छन्। ३ महिना देखि ५ वर्ष सम्म उनिहरूका अभिभावकहरू यहाँं रहने गर्छन्। प्रकृया पुरा हुने कतिपय जेष्ठ नागरिक नेपालीहरू त यहिको पि आर लिएर मात्र नेपाल फर्कने गरेका बताउंछन्।








