असनेपालन्युज । गैर आवसिय नेपाली संघ (एन आर एन ) द्वारा सात दलको सहमति को स्वागत गरिएको छ । संघका प्रवक्ता मन के सि द्वारा जारी तथा अध्यक्ष शेष घले द्वारा हस्ताक्षरित विज्ञप्ती मा भनिएको छ ‘नेपालका राजनीतिक दलले गरेको यो सहमति संविधान निर्माणको एक कोषे ढुङग्गो सरह हो ‘। विज्ञप्तिमा भनिएको छ :राजनीतिक दलहरुले गरेको सहमतिअनुसार अब केही महिनामै मुलुकले नयाँ संबिधान पाउने र मुलुकमा राजनीतिक स्थीरता कायम भई पुनःनिर्माण र आर्थिक सम्बृद्धिको मार्गमा अघि बढ्ने हामीले विश्वास लिएका छौं ।
यो सँगै मूख्य राजनीतिक दलहरुवीच भएको सहमति अनुसार नयाँ संबिधानमा गैरआवासीय नेपालीहरुले नागरिकता पाउने बिषयको समेत सम्बोधन हुने बिश्वासका कारण हामी थप उत्साहित खुसी भएका छौं । मातृभूमीलाई संकट परेका बेला नेपालमै आएर केही गर्ने अठोट बोकेका मनकारी गैरआवासीय नेपालीहरुलाई यसले थप उत्साह र हौसला प्रदान गर्ने छ ।
सो विज्ञप्तिको पूर्ण विवरण यस प्रकार छ :
गैरआवासीय नेपाली संघद्वारा संविधान निर्माणका लागि भएको सहमतिको स्वागत
संविधान निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन नेपालका प्रमुख चार राजनीतिक दलहरु वीच भएको सभझदारी र प्रतिबद्धतालाई गैरआवासीय नेपाली संघ हार्दिक स्वागत गर्दछ ।
देश र जनताले महाभूकम्पको मार खपिरहेको बेला राज्यको सम्पूर्ण शक्ति पुनर्निर्माण, पुनस्र्थापना र आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने वर्तमान आबश्यकतालाई महसुस गर्दै राजनीतिक दलहरुले देखाएको अभूतपूर्व एकताले नेपाली जनता र सम्पूर्ण गैरआवासीय नेपालीहरुमा आशाको संचार गराएको छ ।
राजनीतिक दलहरुले गरेको सहमतिअनुसार अब केही महिनामै मुलुकले नयाँ संबिधान पाउने र मुलुकमा राजनीतिक स्थीरता कायम भई पुनःनिर्माण र आर्थिक सम्बृद्धिको मार्गमा अघि बढ्ने हामीले विश्वास लिएका छौं ।
यो सँगै मूख्य राजनीतिक दलहरुवीच भएको सहमति अनुसार नयाँ संबिधानमा गैरआवासीय नेपालीहरुले नागरिकता पाउने बिषयको समेत सम्बोधन हुने बिश्वासका कारण हामी थपउत्साहित खुसी भएका छौं । मातृभूमीलाई संकट परेका बेला नेपालमै आएर केही गर्ने अठोट बोकेका मनकारी गैरआवासीय नेपालीहरुलाई यसले थप उत्साह र हौसला प्रदान गर्ने छ ।
संबिधान निर्माण र स्थायित्वसँगै गैरआवासीय नेपाली संघ मुलुकको आर्थिक सम्बृद्धि र पुनः निर्माणमा साझेदार बनेर योगदान गर्न तप्पर छ । नेपालमा सीप, ज्ञान र पूँजी भित्राएर मुलुकलाई सम्बृद्ध बनाउने हाम्रो अभियानलाई अझै उचाईमा पुर्याउने प्रतिबद्धता जनाउँछौं ।
शेष घले
अध्यक्ष,
अन्तर्राष्ट्रिय समन्वय परिषद
गैरआवासीय नेपाली संघ ।








