जेठ २६। चीन, उत्तरी चीनको हुबेई प्रान्तमा एक गाउँलेले गोली प्रहार गरी चार व्यक्तिको हत्या गरेको समाचार छ ।
सो गोली प्रहारमा दुई प्रहरी अधिकारीसहित चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।
सुनिङ्ग जिल्लाको सिसिबाओ गाउँका लिउ सुआङ्गरुइ नामका ती व्यक्तिले सोमबार मध्य रातमा अकस्मात छिमेकीमाथि गोली चलाएको जनाइएको छ ।
सो गोलीकाण्डमा परी दुई व्यक्तिको घटानस्थलमै र दुई प्रहरी अधिकारीको अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
छिमेकी गाउलेमाथि अकस्मात् सो व्यक्तिले गोली चलाएपछि त्यहाँ प्रहरी पुगेका थिए । पछि सो क्षेत्रमा प्रहरी पनि पुगेको थियो ।








