माहावाणिज्य दुत खड्काले एक करोड पांच लाख रूपैया सहयोग गर्ने

deepakसिड्नी। भुकम्प पीडितकाका लागि अस्ट्रेलियास्थित  न्यु साउथ वेल्सका अवैतनिक महावाणिज्यदुत दीपक खड्काले एक करोड पांच लाखको सहयोग गर्नु हुने भएको छ ।
नेपालको पीडामा अहिले जति सहयोग गरे पनि कमै हुने बताउंदै महावाणिज्यदुत खड्काले आफ्नो सहयोगको हात बढाउनु भएको हो । असनेपालन्युज प्रतिनिधि सँगको कुराकानीको क्रममा महावाणिज्यदुत खड्काले दोलखा जिल्लाको थामि वस्तिका एक सय वटा घरबनाउन आफुले प्रतिवद्दता गरेको बताउंदै प्राकृतिक विपत्तिमा हरेकले सकेको सहयोग गर्नु सबैको दायित्व रहेको जनाउनु भयो । धन भएर मात्र सहयोग गरिने होईन विपत्तिमा परेको पीडितलाई आफु संग जे छ त्यसैले सहयोग गर्नु नै मानवीय धर्म हो बताउने खड्का यो संसारमा वांच्न पाउने अधिकार सबै मानवको रहेको धारणा राख्नु हुन्छ । यस अघि नेपालका विभिन्न विद्यालय , गरिव विध्यार्थी तथा विभिन्न परीयोजना लाई सहयोग गदै आउनु भएका खडका ले उक्त एक करोड पांच लाख पिछडिएका थामि हरूको घर निर्माणमा सहयोग गर्ने तयारी गरेको बताउनु भयो । दोलखा जिल्लाको थामि वस्ति भुकम्पका कारण पुर्ण रूपमा क्षत विक्षत बनेको छ। सोहि वस्ति र अन्य क्षेत्रमा खड्काले पीडितका लागि पुनर्निमाण सहयोग गर्नु हुने भएको हो ।

सम्बन्धित शिर्षकहरु