सिड्नी । विभिन्न कामको शिलसिलामा अस्ट्रेलियामा वसोवास गर्ने सिन्धुपाल्चोक वासीहरूले सिन्धुपाल्चोक जिल्लाका भुकम्प पीडित हरूलाई सहयोग गरेका छन्। सो जिल्ला बाट अ
स्ट्रेलियामा आइ बसोवास गर्नेहरूको संख्या न्युन रहे पनि सबैले आ-आफ्नो तवरले सकेको सहयोग गरेको अस्ट्रेलियाका सिन्धुवासी समुहले असनेपालन्युजलाई बताएका छन्। सो समुहले सँकलन गरेको रकमलाई नेपालमा अनुप आचार्य , नेत्र पण्डित , राजन कार्कि लगायतको समुहले वांसवारी , भोटसिपा , इचोक , जलविरे , शेलाङ क्षेत्रमा ब्लाङ्केट ,रासन लागयतको सामग्रि वितरण गरेको अनुप आचार्य तथा नेत्र पण्डितले बताउनु भयो । भुपेन्द्र शिलवाल , हरी थापा , संगिता विशम शाही ठकुरि , राज आचार्य , ॠषि आचार्य , भीमसेन सापकोटा लगायतले ब्यक्ति गत तवरले करिव ११०० भन्दा बढी डलर नेपाल पठाउनु भएको थियो । यस अलावा छुट्टा-छुट्ट्टै रुपले ब्यक्तिगत रुपले समेत तथा विभिन्न संघ सँस्था मार्फत सहयोग गरेको जनाइएको छ ।








