सिड्नी । नेपालका भुकम्प पीडितका लागि राहत सँकलन गर्न अस्ट्रेलियाको हन्टर भ्याली गोकुल धाम मा दुई दिवसिय अध्यात्मिक शिविर सन्चालन हुने भएको छ । योग , ध्यान , आयुर्वेद , क्याम्पिङ , शान्ति यात्रा र यज्ञशाला समेतको आयोजना गरिएको सो शिविरबाट प्राप्त मुनफा राहत कोषमा जाने आयोजक हरूले बताएका छन्। मे ३० र ३१ तारिख शनिवार र आइतवार हुने सो कार्यक्रममा योग , कुन्डलिनी ध्यान , आयुर्वेदिक , ज्योतिष कार्यशाला , अस्ट्रेलियन जडिबुटी चिनारी ,क्याम्पिङ्ग , फायरवर्क लगायतका कार्यर्कम हुने बताइएको छ । कृष्ण मन्दिरको परिशरमा रहेको सो ‘न्यु गोकुल फार्म ‘नामको गौशालामा हाल ७५ वटा गाई रहेका छन्।
शहभागिहरूलाई गाई दुने प्रत्तक्ष्य अवसर दिलाइने फार्म संचालक तथा अस्ट्रेलियन मुलका कृष्ण भक्त कालिया असनेपालन्युजलाई बताउनु हुन्छ । दुई दिवसिय सो सिविरमा नेपाली योग आचार्य राजन शर्माले प्रशिक्षण दिनु हुने सो मन्दिरले जनाएको छ । अस्ट्रेलियन , भारतीय , फिजियन लगयतका विभिन्न बहुदेशिय सहभागिहरू सो अवसरमा लाभान्वित हुने जनाइएको छ । सो शिविरमा सहभागि हुन ०४३४५७०३७९ संपर्कका लागि अनुरोध गरिएको छ ।








