अभावका चोटहरू

‘अभावका चोटहरू”

-आफन्त गुमाउनेको आँखामा

बेदनाका थोपा थोपा चुहिरहे

मनमा अभावका चोटहरू

अन्योलका प्रश्नचिन्ह बल्झिरहे

तर आखिर सम्हालिनु नै छ

जीवनको अस्तित्वको यात्रामा

भूकम्पको दु:खाइले थाकेपनि

आशा थप्दै झिल्काको मात्रामा

माया मोहको यो संसार

जन्मेपछि सुखदु:ख हुन्छ नै

मान्छेले गरे मान्छेको सहयोग

जीवनले जिउने उर्जा बुन्छ नै

अर्काको पीडा आफ्नै ठानि

फैलाउ ह्रदयका ति हातहरू

चोटि चोटि हौसला बढाउदै

अलि अलि हटाउदै आघातहरू

—————-

 इन्जिनियर राकेश कार्की

उपाध्यक्ष

अनेसास लस एन्जेलस च्याप्टर

लस एन्जेलसrakesh.1

सम्बन्धित शिर्षकहरु