रमेश अधिकारी-
बैशाख १५, काठमाडौं ।
प्रहरीले भर्खरै (बेलुका ६ बजे) उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार महाभूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ८० जना पुगेको छ । यस्तै, ९ हजार ७३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
महाभूकम्पबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी काठमाडौ उपत्यकामा १ हजार ४ सय ४८ जना छन् । तीमध्ये काठमाडौंमा १ हजार ३९ जना, ललितपुरमा १ सय ५९ र भक्तपुरमा २ सय ५० जना छन् । उपत्यकामा ४ हजार ८ सय ९६ जना घाइते भएका छन् ।
अति प्रभावित अर्को जिल्ला सिन्धुपाल्चोकमा १ हजार २ सय ५० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, नुवाकोटमा ५ सय ६०, गोरखामा ३ सय ७४, धादिङमा ३ सय ४६, काभ्रेमा २ सय ५२, रसुवामा २ सय ५० र दोलखामा ५३ जनाको मृत्यु भएको छ ।
भूकम्पबाट अति प्रभावित सुन्धुपाल्चोक, गोरखा, धादिंग, रसुवा, नुवाकोट लगायतका दुर्गम बस्तीमा उद्दार टोलि अझै पुग्न नसकेकोले त्यहाको यकिन तथ्यांक आउन सकेको छैन । ति क्षेत्रमा भएको धनजनको क्षतिको विवरण आउन बाँकी रहेकोले हताहतिको संख्या बढ्न सक्ने अनुमान गरियको छ ।








