-निरु त्रिपाठी,
रजस्वल पछि म सुरिलो रुपमा हलक्क बढ्दा
गाउँलेले मलाई धररा भइस् भनी जिस्काउँथे
गाउँलेले लगाइदिएको हाम्रो मितेरी साइनो
तिमी र म मितिनी भएको पल प्रिय धररा ।
फोटोमा मात्रै देखेकी तिमीलार्ई,
साच्चै तिमीसँग भेटेर एकदिन टाउको ठोकाउन मन लाग्यो
हातको आइसक्रिम पगाल्र्दै ,घुम्र्दैफिर्दै आइपुगे
मेरो मितिनीले चिनाएको शहर,
मेरो मितिनीले बसाएको शहर
सबैको स्नेहको बिचमा उदाएकी पूर्णिमा
मेरो मितिनीको सजाएको शहर ।।
तिमी गोरी ठिङ्ग उभ्यिएकी थियौ आकाश छुनलाई
दूधको पोखरीमा चुलुम्म डुबेर घाम ताप्न आएकी जस्ती
पारीजात फूलको वस्त्रमा सजिदैँ फक्रेर बसेकी जस्ती
चन्द्रमाले आफ्नो एक टुक्रा अंश धर्तीमा उभ्याएको जस्ती
शान्त, शितल , अटल र स्निग्धले भरीएकी मेरी मितिनी तिमी ।।

तिमीसँग टाउको ठोकाउने रहर जारी नै थियो
मेरो पनि अरु जस्तै आकाश छुने उत्कट अभिलाशा
कमीलाका ताँतीमा तिमीलाई सुम्सुमाउँद,ै
हामीले चालेका हरेक स्वप्न मन्जिलहरुमा,
९० सालले पनि पुरै, तिम्रो अस्तित्व मेटाउन नसकेको खुसी
र तिम्रो काँधमा टेकेर देखेको मेरो जन्मभूमि
ती निर्निमेषमा फैलिएको सुन्दर र प्रिय दृश्यहरु
ऋनि तिमी हामीलाई थामेर नचल्मउँदा लाग्थ्यो,
मेरी मितिनी त साहसको प्रतिमूर्ति रहेछ ।
मेरी मितिनी र्त आइरन लेडी’ रहिछ ।
तर, प्रिय धररा
तिमीसँग एउटा युग सकिएको छ
तिमीलाई अब भेट्न आउने इच्छा ध्वस्त भएको छ
तिम्रो तारिफ गरेर म कहिल्यै नथाक्ने यहाँ
तिम्रो अवशानमा दुई शब्द बोल्नु पर्ने भएको छ
म स्तव्ध छु,
तिमी चट्टान बन्न नसक्दा
तमाम आफ्ना प्रियहरुलाई पनि सँगै लिएर
चिरशान्तिमा विलाउँदा
म मर्माहित छु ।
तिमीलाई र मलाई मितेनी साइनो लगाइँदिने आफन्तहरुको
रुवावासीमा म मुर्छित छु
मेरो देशको खम्बाहरु चक्रिएर ढल्दा
मनमा सुनामी आएको छ
मैले ढोग्ने मन्दिर यत्रतत्र छरिदाँ
शान्ति हराएको बोध गर्दैछु
प्रिय मितिनी
तिमीसँग एउटा युग सकिएको छ
देश रोइरहेछ
म छट्पटिरहेको छु ।।
तिमीसँग युग नसकियो हरे
तिमी किन गलेर सर्वस्व सुम्पिएर गल्म्म ढल्यौ ?
तिमी त्यती स्वर्थी त लाग्थेन
किन तमाम तिम्रा प्रियहरुलाई एउटै चितामा सुतायौ ?






