‘अस्ट्रेलियाले ५ मिलियन भन्दा थप रकम नेपाल सहयोगमा पठाउंदै छ ‘-मन्त्री ब्रुक

सिड्नी ।  अस्ट्रेलियन सरकार बाट ५ मिलियन डलर मात्र हैन थप सहयोग गरिने प्रतिवद्दता आएको छ। यहाँका पुर्व अध्यगमन मन्त्री तथा वर्तमान ‘स्याडो मिन्स्टर फर फाइनान्स ‘टोनी ब्रुकले आफुहरू नेपालको दु:ख मा साथ दिन तयार रहेको असनेपालन्युज सँगको कुराकानीका क्रममा बताउनु भएको छ ।
नेपाल घुम्न गएका अस्ट्रेलियन मध्ये करिव ७० जना अझै संपर्क विहिन बनेको र उनिहरू को जानकारी लिने क्रम जारि रहेको उनले बताए । दु:खको बेलामा नेपालीलाई सहयोग गर्न पाउनु हाम्रा लागि राम्रो कुरा हो भन्दै ब्रुकले अस्ट्रेलियामा नेपाली समुदाय अस्ट्रेलियन सरकारको एक हिस्सा भइसकेको बताउँदै नेपाली समुदाय सँग सरोकार राख्ने सबै कुरामा अस्ट्रेलियन सरकार सहयोगि बन्ने बताउनु भयो । सरकारले हाल ५ मिलियन डलर दिने घोषणा गरे पनि यो रकम हालको भूकम्प क्ष्यतिको तुलनामा कमी भएको भन्दै मन्त्री ब्रुकले यसमा आजै संशोधित सहयोग रकम पठाउन आफुले पररास्ट्र मन्त्रिलाई पत्र लेख्ने बताउनु भयो । उहांले असनेपालन्युज कुराकानि गर्दै नेपालीहरू अस्ट्रेलियाको राम्रो समुदाय मध्एको एक भएको बताए ।

By Bhimsen Sapkota

सम्बन्धित शिर्षकहरु