अस्ट्रेलियाको मन्दिरमा नेपाली बा-अामाहरूको तीर्थयात्रा

IMG_0363असनेपालन्युज , सिड्नी। ढाकाटोपि र सारी चोलीमा सजिएका नेपाली अभिवावकहरूको  लस्कर। जहाँ भजन -कीर्तन मधुर संगितले त्यो लस्करलाई अझ आकर्षण दिलाएको थियो । नेपाली मौलिक पहिरन सहित अस्ट्रेलियाको परिभ्रमण निस्किएका यो टोलि शनिवार हन्टर भ्यालि क्षेत्रमा सबैको चासोको बिषय बनिरह्यो । ‘सन्सारमा जसले जे खोज्यो , त्यहि पाइने रहेछ ‘ -नेपाली पहिचान बनेको त्यो समुहका सहभागीमध्येका एक नानीबाबु बर्तौला आफ्नो अनुभव सुनाइरहेका थिए । ‘गाईको मासु खाने देशमा गाई पूजा गर्ने र अस्ट्रेलिया जस्तो देशमा हाम्रो परम्परा अनुसारको भक्तिमा लाग्ने गोरा पण्डित पनि हुंदा रहेछन्- गोकुल धाम स्थित कृष्ण मन्दिरको दर्शन पछी सभागिहरूले निकालेको प्रतिकृया थियो यो । IMG_0374आफ्ना सन्तानहरूले दिएको निम्तो मान्दै अस्ट्रेलिया भ्रमणमा आइपुगेका नेपाली बा-आमा हरूको अस्ट्रेलिया स्थित तिर्थस्थानको धार्मिक भ्रमण थियो यो । हन्टरभ्यालि स्थित गोकुल धाम मा रहेको स्थानिय अस्ट्रेलियनहरू द्वारा सन्चालित कृष्ण मन्दिर नेपाली बा -आमाको लागि आकर्षणको स्थल बन्यो । IMG_0385७२ वटा गाई पालिएको सो स्थानमा हरेक दिन अस्ट्रेलियन गोरा साधक हरूले पूजा -आराधना पछी मात्र आफ्नो दिन चर्या शुरु गर्ने गर्छन् । हरेक गाई को नाम संस्कृत मा राखिएको सो गोकुल धामका गाइहरू देखेर नेपाली बा-आमाहरू गुंउंत थाप्न र पूजा गर्न ब्यस्त बनेका थिए । मानिसलाई सहि बाटोमा ल्याउन र अध्यात्मिक सुख मार्फत सरल जीउने कला हिन्दू धर्ममा मात्र रहेकाले आफु ३५ वर्ष अघि देखि क्रिस्चियन धर्म छाडेर कृष्ण सेवामा लागेको मन्दिरका प्रमुख कलिया प्रभु असनेपालन्युज लाई बताउंछन्। 50  जना नेपाली बा-आमा सहितको सो टोलीको भ्रमण खर्च आफुहरू स्वयम्ले जुटाएको
सहभागी हरूको भनाइ थियो ।IMG_0404 सो तिर्थयात्रालाई समुदायको तर्फ बाट चुडामणि वेलवासे , भीमसेन सापकोटा तथा ॠषि आचार्यले सघाउनु भएको थियो । पाश्चात्य देशमा धार्मिक तिर्थस्थल देख्न पाएकोमा सबै सहभागी उत्सुक बनेका थिए । सो स्थानमा कृषि फार्म, अंगुरका बगैचा, गाई फार्म, मन्दिर  अवलोकन गर्दै भजन गीतमा सहभागी बन्नु भएको थियो ।

IMG_0331अस्ट्रेलियामा विभिन्न शिलशिलामा छोटो भ्रमणमा आउनु भएका नेपाली जेष्ठ नागरिकहरू यसरी अस्ट्रेलियाका विभिन्न मन्दिर , योग ध्यान , र् साधना स्र्थलमा
आकर्षित हुने गरेका छन्। पछील्लो जन गणना अनुसार अस्ट्रेलियामा हिन्दू धर्म को जन संख्या २०० प्रतिशतले बढेको तथ्याङ्न्क छ ।

सम्बन्धित शिर्षकहरु