चैत २८। उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम कतारमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय एक महासभामा भाग लिन आज त्यता प्रस्थान गर्नु भएको छ । आजदेखि वैशाख ६ गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय ‘अपराध रोकथाम तथा फौजदारीन्याय’ विषयक १३ औँ महासभा सुरु भएको छ । महासभालाई उपप्रधानमन्त्रीले भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका सञ्चार सहयोगी विश्वमणि सुवेदीले बताउनुभयो ।उपप्रधानमन्त्रीको भ्रमण दलमा गृह मन्त्रालयका सहसचिव एवम् शान्तिसुरक्षा महाशाखा प्रमुख लक्ष्मीप्रसाद ढकाल सहभागी हुनुहुन्छ ।








