सभापति पदको लागि आफु योग्य भएको सुजाताको दावी

Sujata Koirala.JPGचैत २८ । जनकपुर, नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आउँदो महाधिवेशनमा सुशील कोइरालाले सभापति पदमा उम्मेदवारी नदिए आफु उठ्ने बताउदै आफू यो पदको लागि योग्य रहेको दावी गर्नु भयो । जनकपुरको कपिलेश्वर १६ मा निर्मीत विश्व विवेकानन्द शिक्षा सदनको शनिवार उदघाटन गर्दैनेतृ कोइरालाले अबिलम्ब नयाँ संविधान जारी गरी मुलुकलाई आर्थिक क्रान्तिको बाटोमा लैजानु पर्नेमा जोड दिनु भयो । सहमतिका नाममा धेरै समय खेर फालेको भन्दै नेतृ कोइरालाले अब प्रक्रियामा अघि बढ्नुनै पर्ने अवस्था भएको बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु