डिभिजन २ वोर्ल्ड क्रिकेट: नेपालद्वारा आयोजक नामिबिया ३ विकेटले पराजित

रमेश अधिकारी- असनेपाल न्युज/

team nepalमाघ ७, काठमाडौँ- कप्तान पारस खड्काको शानदार अर्धशतको पारी संगै नामिबियामा जारी आइ सी सी वोर्ल्ड क्रिकेट लिग डिभिजन २ मा नेपालले घरेलु टिम नामिबियालाई ३ विकेटले ले हराउदै अंकतालिका को शिर्ष स्थानमा उक्लेको छ 

नामिबियाले दिएको १४३ रनको लक्ष नेपालले ३८ औं ओभरमा हाशिल गरेको थियो । नेपालको जितमा कप्तान पारस खड्काले ५६ बलमा ३ छक्का र ६ चौका सहित ६४ रन जोडेका थिए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन र बिनोद भण्डारीले … रन ल्याएपछि नेपालको लागि जितको नजिक पुग्ने बाटो तयार भएको थियो ।  

खेलको पहिलो इनिंगमा लगातार बलिंगमा राम्रो प्रदर्शन गरिरहेको नेपालका बलरले आज पनि उत्कृस्ट प्रदर्शन गर्दा घरेलु टोलीलाई १४२ रन मा अल आउट गर्न नेपाल सफल भएको थियो । टस हारेर पहिले व्याटिङ गरेको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर १४२ मात्र रन बनायो । उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका बलर करण केसीले तीन विकेट लिए भने सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले समान २-२ विकेट लिए । 

सम्बन्धित शिर्षकहरु