७ विकेटको फराकिलो अन्तरले हरायो नेपालले क्यानाडालाई !

रमेश अधिकारी-असनेपाल न्युज/

जितपछि खुशी मनाउदै यु १६ टिमका नेपाली खेलाडी
जितपछि खुशी मनाउदै यु १६ टिमका नेपाली खेलाडी

माघ ६, काठमाडौँ-जारी डिभिजन-२ आइ सी सी वोर्ल्ड क्रिकेट लिगमा भर्खरै सम्पन्न खेलमा नेपालले क्यानाडालाई ७ विकेटको फराकिलो अन्तरले हराएको छ । उत्कृष्ट बलिंग संगै जवाफी ब्याटिंगमा उत्रेको नेपालको शुरुमै ओपनर हरु बिना रन आउट भए पनि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको शानदार साझेदारीले क्यानाडाले दिएको ११५ को टार्गेट जम्मा २३.१ ओभरमा नेपालले पुरा गरेको थियो  । नेपालको जितमा कप्तान पारस खड्काले ७७ रन बनाए भने उपकप्तान ज्ञानेन्द्र मल्ल ३३ रनमा अविजित रहे  ।

यसघि  नेपाली बलरको उत्कृष्ट प्रदर्शनमा क्यानाडाले नेपालका सामु जम्मा ११५ रनको झिनो टार्गेट प्रस्तुत गरेको छ । आजको खेलको पहिलो इनिंगमा नेपाली बलरहरु चम्किदा क्यानाडा ४९.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो ।

टस जिती पहिले ब्याटिंग रोजेको क्यानाडाको ब्याटिंग लाइन ध्वस्त पार्न नेपालका बलर करण केसीले ५ विकेट लिएका थिए । करणले १० ओभरमा जम्मा २६ रन खर्चेर ५ विकेट लिदा सोम्पाल कामीले २ तथा पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सागर पुनले १/१ विकेट लिएका थिए । डिभिजन २ को यहि प्रतियोगितामा डेब्यु गरेका करणको यो झिनो  स्कोरमा बिशेष हात रह्यो । 

सम्बन्धित शिर्षकहरु