संचार माध्यमका सवारी र पत्रकार माथिको आक्रमणको निन्दा

FNJमाघ ६, काठमाडौँ- बन्दको अबज्ञा गरेको भन्दै बन्दकर्ताले संचार माध्यमका सवारी साधन र पत्रकार माथि समेत आक्रमण गरेपछि त्यसको चौतर्फी बिरोध भएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघले एक बिज्ञप्ति जारी गरी बन्दका क्रममा पत्रकार र प्रेसका सवारीसाधनमाथि भएको आक्रमणको निन्दा गरेको छ । बिज्ञप्तिमा महासंघले तीब्र निन्दा र भत्र्सना गरेको बताएको हो । प्रेसलाई निर्वाध रुपमा आवागमनमा अवरोध नगर्न सम्बन्धित पक्षको महासंघले ध्यानाकर्षण गराएको छ । साथै, पत्रकार, सञ्चारमाध्यम र प्रेसका सवारी साधनको भरपर्दो सुरक्षा प्रवन्ध मिलाउन उसले सरकारलाई भनेको छ ।

सम्बन्धित शिर्षकहरु