अमेरिकामा गान्धीको नाम र तस्विर प्रयोग गरी बियर उत्पादन !

Gandhi-Bot-Beerपुष २१, काठमाडौँ- व्यापारका लागि ब्यापारी जे पनि गर्न सक्छन । कहिले बब मार्लेको तस्बिरलाई बिक्रि गरियो त कहिले क्रान्तिकारी नेता चे ग्वेभाराको तस्बिरलाई मोजा र पेन्टी समेतमा राखेर दुरुपयोग गरियो । यहि ब्यापारिक तिकडमको पछिल्लो कडी बनेको छ अमेरिकामा उत्पादित एक बियर ।भारतका अहिंशाबादी नेता तथा स्वतन्त्रता सेनानी महात्मा गान्धीको तश्विर र नाम प्रयोग गरि अमेरिकाको एक ब्रुअरी कम्पनीले  बियर उत्पादन र बिक्री वितरण गरेको छ । सुद्द साकाहारी र मदिरा बिरोधि गान्धीको नाम र तश्विर प्रयोग गरि अमेरिकामा बियर उत्पादन र बिक्रि हुन थालेपछी गरेपछि भारतमा त्यसको व्यापक विरोध शुरु भएको छ । यसको बिरुद्द हैदराबादको अदालतमा मुद्दासमेत दायर भएको छ ।

अमेरिकाको न्यु इंग्लयाण्ड ब्रुअरी कम्पनीले आफूहरु उद्देश्य गान्धीको बेइजती गर्नुभन्दा पनि श्रद्धासुमन प्रकट गर्न उनका नाममा बियर उत्पादन गरेको बताएको छ । कम्पनीका अनुसार गान्धीका नाती र नातिनीको सहमतिमा बियर उत्पादन गरिएको हो । कम्पनीले गान्धी–बोट नाम दिएर बियर उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको छ ।

राष्ट्रपिताको नाम र तस्विर मदिरामा प्रयोग गर्नु उनको अवहेलना हो भएको भन्दै एक अधिवक्ताले ‘कारवाही’ को मागसहित अदालतमा मुद्दा समेत दर्ता गरेका छन् ।

गान्धीको नाम नाफाका लागि दुरुपयोग गरेको बन्दै व्यापक बिरोध हुन थालेपछि उत्पादक कम्पनीका प्रमुख म्याट वेस्टफिल्डले भारतीय जनताको भावनामा ठेस पुगेकोमा माफी मागेका छन् । ‘हामी गान्धीको धेरै सम्मान गर्छौं । वहाँको श्रद्धासुमन अर्पण गर्न हामीले वहाँको नाममा वियर उत्पादन गर्ने सोचेका हौं । यदी यसले कसैको भावनामा ठेस पुर्याएको छ भने हामी माफी माग्दछौं,’ वेस्टफिल्डले भनेका छन् ।

 

सम्बन्धित शिर्षकहरु